काठमाडौं । सरकारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संघीय संसद् बैठकमा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न बोलाइएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि र सिँचाइलाई प्राथमिकतामा राखेको छ । भूमिको खण्डीकरण रोकी वैज्ञानिक उपयोगमा जोड दिने नीति सरकाले लिएको छ । सिँचाइको लागि मरिण डाइभर्सन लगायतका सिँचाई योजनाको निर्माणलाई तीव्रता दिने नीति सरकारले लिएको छ । एकीकृत भूमि व्यवस्थापन प्रणालीलाई सरकारले जोड दिने भएको छ । सबै प्रकारका राष्ट्रिय सम्पत्तिको अभिलेखीकराण र संरक्षण गर्ने नीति सरकारले बनाएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति सरकाले लिएको छ ।
सरकारको नीति : कृषिलाई प्राथमिकता
काठमाडौं । सरकारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संघीय संसद् बैठकमा प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
