काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ । दुवै सदनकाे बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममाथि संसद्मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।
सरकारकाे तर्फबाट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सरकारकाे वार्षिक नीति तथा कार्यक्रममा सदनमा पेस गर्नुभएकाे थियाे । साे नीति तथा कार्यक्रममाथि छलफल र जवाफ दिनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज र भाेलि समय छुट्याइएकाे छ ।
