काठमाडाैं । १५ मिनेटका लागि स्थगित भएकाे प्रतिनिधि सभा बैठक करिब ३ घण्टापछि फेरि सुरु भएकाे छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी नेता केपी ओली विरुद्ध बोल्नुभएकाे असंसदीय शब्द संसद्काे रेकर्डबाट हटाउने सहमतिपछि प्रतिनिधि सभा बैठक सुचारु भएकाे हाे ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै मन्त्री बडूले ओलीकाे बिहीबारकाे सम्बाेधनलाई लिएर विभिन्न आराेप लगाउनुभएकाे थियाे । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले गर्नुभएकाे सम्बाेधनलाई 'स्तरहीन' भन्दै बडूले आलाेचना गर्नुभएकाे थियाे । साेही विषयमा एमालेले कडा आपत्ति जनाएको थियो । बैठक अवरुद्ध गरेकाे थियाे ।
मन्त्री बडूले बाेलेकाे असंसदीय शब्द सदनकाे रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने बताएपछि सभामुख अग्निप्रसाद सापकाेटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । मन्त्री बडूले बाेलेकाे असंसदीय शब्द उर्फ 'स्तरहीन' शब्द हटाएपछि बैठक सुचारु भएकाे हाे ।
बैठक सुचारु भएपछि अहिले सरकारका नीति तथा कार्यक्रममाथि छलफल पनि सुरु भएकाे छ ।
