काठमाडाैं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित गरेको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकले आर्थिक वर्ष २०७९-०८० का लागि सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हाे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
'सम्माननीय राष्ट्रपतिबाट संवत् २०७९ जेठ १० गते मंगलबाररका दिन संघीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९-०८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु'- उहाँले भन्नुभयाे ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ गते दिउँसाे ३ बजे बस्नेगरी स्थगित भएकाे छ ।
