काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले नेपालले बिजुली बेच्नै नसक्ने बताउनुभएकाे छ ।
शुक्रबार प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले नेपालले बिजुली बेचेर धनी बन्ने भन्ने कुराजस्तो वाहियात कुरा केही नभएको बताउनुभयाे ।
‘नेपालले आफ्नै मुलुकभित्र विजुली पुर्याउन सकेको छैन । घर–घर चुलो चुलोमा बिजुली पुर्याउन सकेको छैन । यस्तो अवस्थामा कसरी बेच्ने ?' उहाँले भन्नुभयाे- 'बरु स्वदेशी खपत बढाउँ । डाँडा डाँडामा विद्युतीय रोपवेको सञ्चालन गरौं, औद्योगिक विकास गरेर त्यता विजुली खपत बढाऔं । ग्यासको प्रतिस्थापनका लागि खाना पकाउन बिजुलीको प्रयोग बढाऔं ।'
उहाँले बिजुली बेचेर धनी बन्ने सपना नपाल्न सरकारलाई सुझाव समेत दिनुभएकाे छ ।
