काठमाडाैं । प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८-०७९ को आर्थिक सर्वेक्षण पेस हुँदैछ ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्नुहुने कार्यक्रम छ । बजेट प्रस्तुत गर्नु भन्दा अगाडि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
भोलि संघीय संसद्को दुवै सदनकाे संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट पेस गर्नुहुनेछ । जेठ १५ भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसद् सचिवालयले निकालेकाे सम्भावित कार्यसूचीमा आज पनि सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल जारी रहने उल्लेख छ । सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भइसकेकाे छ । प्रतिनिधि सभाबाट भने पारित हुन बाँकी छ ।
