काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन र उद्देश्यहीन रहेको बताउनुभएकाे छ । उहाँले सरकारकाे नीति तथा कार्यक्रम खोक्रो र सारहीन रहेको बताउनुभयाे ।
आगामी आथिृक वर्षको नीति तथा कार्यक्रममाथिकाे प्रतिनिधि सभामा जारी छलफलमा का क्रममा आर्थिक संकटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको पाैडेलले बताउनुभयाे ।
उहाँले औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको समेत बताउनुभयाे ।सरकारले अर्थतन्त्रमा ध्यान दिएको छैन भनेर भ्रम छरेको, मूल्यवृद्धि अकाशिएको, आपूर्ति शृंखला समस्यामा परेको, संकटोपन्न खाद्य संकटका बारेमा चासो नदिएको भन्दै बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको बताउनुभयाे ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद पौडेलले विदेशी विनिमय जोखिममा पुगेको बताउनुभयो । सार्वजनिक विद्यालयको पूर्वाधारको विकास, प्राविधिक शिक्षाको कार्यक्रम, कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनललगायतका कार्यक्रम छाडिएको बताउँदै पाैडेलले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको उल्लेख गर्नुभयो ।
