काठमाडौं । माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले महंगीका कारण भान्साबाटै विद्रोह हुने परिस्थिति रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले भन्नुभयो– ‘महंगीको मारले साँच्चै नेपाली जनताको ढाड सेकिएको छ । प्रत्येक भान्साबाट विद्रोह हुने हा कि भनेजस्तो परिस्थिति बन्दैछ ।’ महंगीले जनता आजित हुने परिस्थिति बनेको उहाँको भनाई थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनतालाई जोगाउन कर घटाएर र हटाएर छुट दिनुपर्ने विचार प्रचण्डले राख्नुभयो । सरकारको नीति तथा कार्यक्रम उपर भएको छलफलमा प्रचण्डको भनाई थियो– ‘प्रधानमन्त्रीलाई मैले अस्ति पनि भनेको छु– कर घटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्छ । यसलाई गम्भीर रुपमा लिन सकेनौं भने जनतामा असन्तुष्टि र आक्रोश झन् बढ्छ र त्यसले संकट झन् गम्भीर हुने खतरा छ ।’ अन्तराष्ट्रिय राजनीतिमा देखिएको नयाँ ध्रुवीकरण, विभिन्न ठाउँका युद्ध, विभिन्न शक्तिकेन्द्रहरुको स्थितिमा आएको फेरबदलका कारण दुनियाँभरी असर परेको र नेपाल पनि यसबाट अछुतो नरहने विचार प्रचण्डले राख्नुभएको छ ।
अब भान्साबाटै विद्रोह हुने प्रचण्डको घोषणा
काठमाडौं । माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले महंगीका कारण भान्साबाटै विद्रोह हुने परिस्थिति रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
