काठमाडाैं । नेकपा माओवादी (केन्द्र)का नेता तथा सांसद गिरिराजमणि पोखरेलले नीति तथा कार्यक्रममा सरकारले लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताउनुभएकाे छ ।
सरकारकाे नीति तथा कार्यक्रममा शनिबार सदनमा भएकाे छलफलमा बाेल्दै उहाँले भन्नुभयाे- 'नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्याे, त्यसमा खुट्टा नकमाउनुस् ।'
'कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने, माटो परीक्षण गर्ने, सिञ्चाई सुविधा विस्तार गर्ने, उत्पादन बढाउने दशकव्यापी अभियान र स्वास्थ्य क्षेत्रमा लिइएको नीति उपयुक्त छ' पाेखरेलले भन्नुभयाे- '०८६ साल भित्रै दिगो विकासको लक्ष्य पुरा गर्ने विषय समेत उत्कृष्ट छ ।'
उहाँले नेपाल आयल निगमको एकाधिकार र चुहावट घटाउन समयमै सचेत हुनुपर्ने भन्दै अत्याधिक खर्च घटाउने र पेट्रोलियम पदार्थको खपत घटाउनतर्फ सरकारले ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयाे ।
