काठमाडाैं । प्रतिनिधि सभा सांसद् माया ज्ञवालीले दासढुंगा घटनाको पुनः छानबिनका लागि माग गर्नुभएकाे छ ।
सरकारकाे नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उहाँले २९ वर्षअगाडिको दासढुंगा घटनाको छानबिनको गर्न माग गर्नुभएकाे छ ।
माया ज्ञवाली दासढुंगा घटनामा निधन भएका जिवराज आश्रितकी श्रीमती हुनुहुन्छ ।
‘म कुनै निर्देशन दिने ठाउँमा त छैन। तर, पनि पार्टी र जनताको लागि मुक्तिको निम्ति लाग्दा–लाग्दै, संघर्ष गर्दागर्दै बलिदानीपूर्ण हत्या गरिएको परिवारको सदस्य हुँ कि होइन ?' माया ज्ञावलीले भन्नुभयाे- 'सबै साथी हुनुहुन्छ। म त्यो दासढुंगा हत्याकाण्डको न्यायिक छानबिनको निम्ति पुनः आग्रह गर्दछु। यो सभाहलले अनुमति दिन्छ कि दिँदैन? यदि दिन्छ भने स्वतन्त्र न्यायिक आयोग गठन गरियोस् ।’
'उहाँको धर्मपत्नी भएर रोस्ट्रममा उभिँदा लाज लागेको छ' मायाले भन्नुभयाे- ‘हो कसैको निम्ति त पद खालि भयो होला । तर, हाम्रा निम्ति त परिवार सधैं रित्तै छ । पार्टी एउटा टुहुरो भएको थियो । मेरा छोराछोरी टुहुरा भए कि भएनन् ?'
