काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) काे प्रतिवेदनबारे उठेकाे प्रश्नकाे जवाफ दिनुभएकाे छ ।
सरकारले सदनमा पेस गरेकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा उठेका प्रश्नकाे शनिबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै जवाफ दिनुभएकाे हाे ।
ईपीजी प्रतिवेदन ३ वर्षअघि नै तयार भएकाे थियाे किन बुझिएन भनेर ओलीकाे नाम नलिइ देउवाले प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - ' त्यतिबेला नै बुझ्नुपर्थ्याे किन बुझिएन ?' साे बुझ्न सरकार तयार छ ।'
बिहीबार बसेकाे प्रतिनिध सभा बैठकमा एमाले अध्यक्ष ओलीले ईपीजी प्रतिवेदन बुझ्न देउवालाई आग्रह गर्नुभएकाे थियाे ।
याे पनि पढ्नुस्:
प्रधानमन्त्रीलाई ओलीकाे आग्रह : ईपीजी प्रतिवेदन बुझ्नुस्
