काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेज सञ्चालनको कुरा बजेटमा आउने दाबी गर्नुभएकाे छ ।
सरकारले सदनमा पेस गरेकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा उठेका प्रश्नकाे शनिबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले गेटाकाे कुरा यसअघिकै नीति तथा कार्यक्रममा आइसकेकाले आगामी आर्थिक वर्षमा राख्न आवश्यक नरहेकाे बताउनुभयाे ।
'गेटा अस्पतालाई हरेक साल बजेटमा राखिन्छ, बजेटमा आउँछ, नीति तथा कार्यक्रममा राख्न आवश्यक छैन, त्यसमा त आउँछ आउँछ'-देउवाकाे भनाइ छ । डढेल्धुरामा पनि मेडिकल कलेज आवश्यक रहेकाे देउवाले बताउनुभयाे ।
