काठमाडाैं । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ ।
शनिबार बसेको प्रतिनिधि सभाकाे दाेस्राे बैठकले सरकारकाे नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकाेटाले निर्णयार्थ पेस गर्नुभएकाे प्रस्ताव बैठकले पारित गरेकाे हाे । सभामुख सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभयाे ।
नीति तथा कार्यक्रममाथि केही सासंद्ले संशोधन गर्ने प्रस्ताव राखेका थिए । तर सासंदहरूले ती प्रस्ताव फिर्ता लिएनन् । सभामुख सापकाेटाले ती सबै प्रस्ताव बहुमतले अस्वीकृत भएकाे बताउनुभयाे ।
त्यसअघि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सासंद्हरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभएकाे थियाे । नीति तथा कार्यक्रम पारित भएलगत्तै बैठकमा आर्थिक सर्वेक्षण पेस गर्नुभएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले साे सर्वेक्षण पेस भएकाे हाे ।
सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट शुक्रबार पारित भएकाे थियाे ।
