काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम अघि नबढाउन दिएको आदेशको गठबन्धन सरकारले अवज्ञा गरेको छ । अदालतले विमानस्थल निर्माणको काम अघि नबढाउन आदेश दिए पनि सरकारले ल्याएको बजेट तथा कार्यक्रममा विमानस्थल निर्माणको कामलाई अघि बढाउने उल्लेख छ । गठबन्धन सकरले संघीय संसद्को संयुक्त बैठकमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजे तथा कार्यक्रममा विमानस्थल निर्माणको लागि बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको बजेट तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख छ ।
अदालतको आदेश सरकारद्वारा अवज्ञा, निजगढ विमानस्थललाई बजेट विनियोजन
काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम अघि नबढाउन दिएको आदेशको गठबन्धन सरकारले अवज्ञा गरेको छ । अदालतले विमानस्थल निर्माणको काम अघि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
