काठमाडौं । सरकारले देशका विभिन्न विश्वविद्यालय तथा अस्पताल अन्तर्गत रहेर मेडिकल कलेज स्थापन गर्ने कार्यक्रम ल्याएको छ । बुटवल मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, सुर्खेत मेडिकल कलेज, कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरझारी सामुदायिक अस्पताल, गेटा मेडिकल कलेज, सेती तथा महाकाली अस्पताल बिचको सहकार्यमा सम्बन्धित विश्व विद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाउने सरकारले जनाएको छ । सरकारले आइतबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी वर्षको बजेट तथा कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज स्थापनाको काम अघि बढाउने कार्यक्रम समेत ल्याएको छ । जनसङ्ख्याको अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन स्वास्थ्य शिक्षा अन्तर्गत प्रमाणपत्र तहदेखि विशिष्टीकृत उच्च शिक्षासम्मको अध्ययनलाई सहज बनाउन आवश्यक कानुनी प्रबन्ध मिलाउने सरकारले जनाएको छ । स्वास्थ्य शिक्षा उपलब्ध गराउने शैक्षिक संस्थाले वर्षमा दुई पटक भर्ना लिने गरी क्षमता विकास गरिने सरकारको बजेट कार्यक्रममा उल्लेख छ । यसबाट नेपाली विद्यार्थीलाई मेडिकल शिक्षा लिन बिदेसिनु नपर्ने सरकारको ठम्याई छ । मेडिकल शिक्षा अध्ययनमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न आवश्यक पूर्वाधार सहित काठमाडौं बाहिर मेडिकल कलेज स्थापना गर्न सरकारले सहजीकरण गर्ने भएको छ । विभिन्न विषयमा अनुसन्धान गर्नको लागि विश्वविद्यालयका र अन्य निकायसँग सहकार्य गरिने सरकारको कार्यक्रम रहेको छ ।
काठमाडौं बाहिर मेडिकल कलेज स्थापना गर्न सरकारले सहजीकरण गर्ने
काठमाडौं । सरकारले देशका विभिन्न विश्वविद्यालय तथा अस्पताल अन्तर्गत रहेर मेडिकल कलेज स्थापन गर्ने कार्यक्रम ल्याएको छ । बुटवल मेडिकल कलेज, लुम्बिनी प्रादेशिक...
SUNRISE KHABAR
1 min read
