काठमाडौं । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री शालिकराम जमकट्टेलले नीति तथा कार्यक्रमको सिद्वान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएकाे थियाे । त्यसमाथि शनिबार प्रदेश सभामा छलफल भएकाे थियाे । साेही दिन बसेकाे दाेस्राे बैठक मन्त्री जम्मकट्टेलले विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा प्रदेश सभा सदस्यले राखेका प्रश्न र जिज्ञासाकाे जवाफ दिनुभएकाे थियाे ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी लगायतलाई प्राथमिकतामा राखेकाे छ ।
