काठमाडौं । वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले वाग्मती प्रदेश सरकारले जनताको हित हुने गरी बजेट र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ । गठबन्धन सरकारले जनताको आवश्यकतालाई सम्बोधन नै गर्न नसकेको ढुङ्गेलले बताउनुभयो । प्रदेश सरकारले प्राथमिकताका क्षेत्र नै पहिचान गर्न नसकेको उहाँको भनाइ छ । प्रदेश सरकारको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि टिप्पणी गर्दै ढुङ्गेलले सरकारले ल्याएको कार्यक्रम र योजना अति कमजोर रहेको बताउनुभयो । यसले नागरिकको आवश्यकता सम्बोधन गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । अघिल्लो सरकारले ल्याएको योजना काटेर अहिलेको सरकारले बहादुरी गरेँ भन्ने ठानेको उहाँको टिप्पणी छ । विकासका योजना कटौती गर्दै मन्त्री पाल्ने काम प्रदेश सरकारले गरेको उहाँले बताउनुभयो । सत्ता र गठबन्धन टिकाउन अनावश्यक रूपमा मन्त्रिपरिषद् ठुलो बनाएको उहाँले बताउनुभयो । यसले गर्दा जनताको बिचमा जाने विकास योजना काटिएका उहाँको टिप्पणी छ । ‘वाग्मती प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
विकास योजना कटौती गर्नु सरकारले बहादुरी ठान्यो : कैलाश ढुङ्गेल
काठमाडौं । वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले वाग्मती प्रदेश सरकारले जनताको हित हुने गरी बजेट र कार्यक्रम...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
