काठमाडौं । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसद डा. डिला संग्रौला पन्त, प्रमीला राई, सुजाता परियार र रंगमती शाहीले प्रतिनिधिसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराउनुभएको छ । हाल विद्यमान कानुनमा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको छ । बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र जर्बजस्ती करणीमा हदम्याद नराखी कानुन संशोधन गर्न संकल्प प्रस्तावमा माग गरिएको छ । साथै जर्बजस्ती करणी पीडितलाई राज्यले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मानसिक उपचार एवं परामर्शको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
बलात्कारको मुद्दामा हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता
काठमाडौं । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसद डा. डिला संग्रौला पन्त, प्रमीला राई, सुजाता...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
