काठमाडौं । कर्णाली प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले कर्णाली प्रदेश सरकारको बजेट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता वास्तविक बजेट तथा कार्यक्रम प्रति मेल नहुने खालका भएको बताउनु भएको छ । सोमबार प्रदेश सभा बैठकमा भाग लिँदै कँडेलले सरकारका सिद्धान्त, उद्देश्य र प्राथमिकता धेरै महान् हुने भए पनि त्यसको कार्यान्वयन भने विगतदेखि नै कमजोर रहेको बताउनुभयो । सरकारको यस पटकको उद्देश्य र सिद्धान्तमा एकरूपता भए पनि यस पटकको प्राथमिकता भने फरक भएको बताउनुभयो । अहिलेको बजेटको प्राथमिकता पुराना काममा मात्र सम्पन्न गर्ने तहमा पुगेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । उहाँले सरकारसँग नयाँ काम गर्ने औकात र योग्यता नभएको बताउनुभयो । नारै नाराको फेहरिस्त लिएर आउने प्रदेश सरकारसँग अहिले कुनै पनि नारा नभएको कँडेलले बताउनुभयो । उहाँले अहिलेको बजेट निराशाको दस्ताबेज भएको प्रष्ट पार्नुभयो । सरकारले पूरा गर्ने भनेका अधुरा योजना नै छुट्याउन अहिले गाह्रो भएको कँडेलले बताउनुभयो । अभिलेख हेर्दा अधुरा र क्रमागत योजना छुट्याउनै नसकिने अवस्थाका रहेको बताउनुभयो । उहाँले जहाँ साधन श्रोत र जनशक्ति कम छ त्यहीँ नै बढी कार्यक्रम राखिएको उहाँले बताउनुभयो । यसको पछाडि खराब नियत लुकेको कँडेलले बताउनुभयो । उहाँले विकास गर्ने होइन विकास खाने भन्ने मानसिकता विकास भएको बताउनुभयो । त्यसले यो मानसिकतामा नै परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको उहाँले प्रष्ट पर्नुभयो । योजना तर्जुमा छनोट प्रक्रियामा बिचौलियाको प्रभावलाई रोक्न जरुरी रहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको बजेटका सिद्धान्त र प्राथमिकता निराशाजनक : यमलाल कँडेल
काठमाडौं । कर्णाली प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले कर्णाली प्रदेश सरकारको बजेट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता वास्तविक...
SUNRISE KHABAR
1 min read
