काठमाडौं । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले १ सय ६९ बुँदे नीति तथा कार्यक्रममा प्रदेश सभा समक्ष प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रमको कार्यान्वयन गर्दा गुणस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि, दिगो पूर्वाधार निर्माण, दिगो विकास, पर्यावरणीय संरक्षण र सन्तुलन, असमानता र गरिबी न्यूनीकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकहरूको सहज पहुँचलाई प्राथमिकता दिइने उल्लेख छ । समतामूलक समाजको निर्माण गर्न वडा स्तरबाट अभ्यास गर्ने गरी नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गरिने सरकारले नीति ल्याएको छ । यसको साथै स्वास्थ्य सेवा सबलीकरण गर्ने नीति सरकारले ल्याएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालमा विस्तार गर्ने नीति सरकारले ल्याएको छ । स्वास्थ्य जीवनशैली प्रवर्धन, वाग्मती प्रदेशको अभियान, जनता पोषण कार्यक्रम, एक माध्यमिक विद्यालय, एक नर्स लगायतका विभिन्न नारा सहितका कार्यक्रम प्रदेश सरकारको नीति तथा कार्यक्रममा आएको छ । शिक्षामा पनि विभिन्न नारा सहितको नीति कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । वाग्मती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा भन्ने नाराका साथ प्राविधिक शिक्षालाई अघि बढाउने नीति सरकारले ल्याएको छ । वैज्ञानिक खोज अनुसन्धानको लागि वैज्ञानिक खोज अनुसन्धान परिषद् स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सहयोगापेक्षी सडक मानवमुक्त वाग्मती प्रदेश घोषणा गर्ने कार्यक्रम प्रदेश सरकारको छ । बालमैत्री स्थानीय तह घोषणाको लागि प्रोत्साहन, लैंगिक हिंसा विरुद्धको शून्य सहनशीलताको नीति, लक्षित समुदायको लागि पुनर्स्थापना केन्द्र स्थापना, लक्षित समुदायको आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले लिएको छ । युवा सचेतनाको अभियान, युवा सशक्तीकरण, खेलकुदका कार्यक्रम विस्तार लगायतका कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । एक स्थानीय तह एक खेल मैदानको नीति प्रदेश सरकारले ल्याएको छ । आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन प्रदेश सरकारले एक घर एक धाराको कार्यक्रम ल्याएको छ । खाद्य सुरक्षाको लागि उत्पादन, उत्पादनको लागि सिँचाई भन्ने नारा सरकारले ल्याएको छ । कृषि क्षेत्रको विकासको लागि आत्मनिर्भर कृषि: समृद्ध प्रदेश भन्ने नारा सरकारले ल्याएको छ । प्रदेशलाई अण्डा, माछा, मासु, आलु प्याज, लसुन र अदुवा लगायतका कृषि उत्पादनमा आत्मनिर्भर बनाउने नीति सरकारले लिने भएको छ । सम्भाव्यताको आधारमा दूध डेरी एक्सलेन्सी सेन्टर स्थापना गर्ने सरकारले जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा बाँझो जमिन बैँक स्थापना गर्ने, प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना गर्ने सरकारले कार्यक्रम ल्याएको छ । नाफामूलक कृषि: किसानको समृद्धि, स्वास्थ्य माटो दिगो उत्पादनको मूल बाटो, प्रदेशको सान, मौलिक कृषि हाम्रो पहिचान, रोग हटाऔँ: उत्पादन बढाऔँ, एक वडा एक पशु स्वास्थ्य क्लिनिक, पशुपन्छीको सहारा, गुणस्तरीय आहारा जस्ता कृषिका नारा सरकारले ल्याएको छ । श्रम तथा रोजगारीको विकासको लागि श्रम सूचना प्रणाली, श्रम बैँक, मुख्य मन्त्री सिप विकास तथा रोजगार कार्यक्रम, स्वदेशमा नै रोजगार गरौँ, गरिखाने अभियान, श्रमको सम्मान लगायतका श्रम क्षेत्रका नारै नारा सरकारका छन् । एक वडा एक साना उद्योग कार्यक्रम, नियमित मर्मत सम्भार: दिगो सडकको आधार, सहरी सडक पूर्वाधार सुधार: समुन्नत जीवनको आधार, यात्रुको सुरक्षा, सवारीको पहिलो प्राथमिकता जस्ता थुप्रै नारा नै नार प्रदेश सरकारका नीति तथा कार्यक्रममा समेटिएका छन् । नीति-तथा-कार्यक्रम-बागमती-प्रदेश.pdf
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम : नारा नै नाराको संग्रह
काठमाडौं । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख...
SUNRISE KHABAR
2 min read
