काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् मेटमणी चौधरीले सरकारले ल्याएकाे बजेट सकारात्मक र सन्ताेषजनक रहेकाे बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधि सभामा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् चाैधरीले नेपाली समाजकाे समग्र अवस्थालाई सम्बाेधन गर्नेगरी सरकारले बजेट ल्याएकाे बताउनुभयाे ।बजेटले उत्पादन, स्थिरता र समावेशितामा जोड दिएको उहाँकाे दाबी छ ।
कृषिलाई मुख्य प्राथमिकता दिएकाे बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको दाबी गर्दै चाैधरीले भन्नुभयाे - 'बजेटले समावेशीतालाई जोड दिएको छ, सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमार्फत् अघि बढ्ने योजना अघि सारेको छ, गरिबी निवारण, पूर्वाधार विकास, पुँजी निर्माण,, जलविद्युत् उत्पादनमा ध्यान दिएकाे छ ।
दाङकाे टरीगाउँ एयरपोर्टलाई बजेटले सम्बोधन गरेकोमा दाङबासी खुशी भएका समेत उहाँले बताउनुभयाे ।
