काठमाडौं । सरकारले ल्याएकाे आगामी वर्ष ०७९-८० काे बजेटमाथि सदनमा आजपनि छलफल हुँदैछ ।
संघीय संसद्काे दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा बजेटमाथि छलफल हुन लागेकाे हाे । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसद्का पेस गर्नुभएकाे बजेमाथि मंगलबारबाट सैद्धान्तिक छलफल सुरु भएकाे थियाे ।
बिहान ११ बजे बस्नाे प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ। राष्ट्रिय सभाकाे बैठक पनि बिहान ११ बजे बस्दैछ । सैद्धान्तिक छलफल सकिएपछि बजेटमाथि मन्त्रालयगत छलफल हुनेछ।
मंगलबारकाे सत्तापक्षका सांसद् बजेकाटकाे बचाउ गरेका थिए । यद्यपि सत्तापक्षकै कतिपय सांसद्ले बजेट कार्यान्वयन चुनाैतीपूर्ण रहेकाे बताएका थिए । प्रमु प्रतिपक्ष नेकपा एमाले सांसद्ले भने बजेट चुनाव लक्षित, प्रचारमुखी र उद्देबिहीन भएकाे बताएका थिए ।
