काठमाडौं । प्रतिनिधि सभा सदस्य शक्ति बस्नेतले गठबन्धन सरकारले ल्याएको बजेट तथा कार्यक्रम सन्तुलित भएको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै बस्नेतले बजेट राम्रो हुँदा प्रचारमुखी हुनु स्वाभाविक भएको बताउनुभयो । यसलाई अन्यथा नलिन पनि उहाँले आग्रह गर्नुभयो । बजेटले आवश्यकता, सम्भावना र समस्यालाई सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो । नेपाली आवश्यकता र सम्भावना र चुनौतीलाई हरेर सरकारले बजेट ल्याएको उहाँले दाबी गर्नुभयो । उहाँले बजेटले कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि र औद्योगिक विकासमा सहयोग पुग्ने बताउनुभयो । वास्तविक किसानसम्म कृषिको बजेट र कार्यक्रम पुर्याउने कुरामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने बजेटले ल्याएको कार्यक्रम सकारात्मक रहेको उहाँले बताउनुभयो । बिमा ऐन अनुसार स्वास्थ्य बिमाको कार्यक्रमलाई अघि बढाउन उहाँले सुझाव दिनुभयो ।
बजेट तथा कार्यक्रम सन्तुलित : शक्ति बस्नेत
काठमाडौं । प्रतिनिधि सभा सदस्य शक्ति बस्नेतले गठबन्धन सरकारले ल्याएको बजेट तथा कार्यक्रम सन्तुलित भएको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
