काठमाडाैं । राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद् राजेन्द्र लिङ्देनले सरकारले ल्याएकाे बजेट चुनावलक्षित रहेकाे बताउनुभएकाे छ ।
बुधवार प्रतिनिधि सभामा बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष समेत रहनुभएका लिङ्देनले बजेटमार्फत ललिपप देखाएर भाेट बटुल्न उद्देश्यसहित बजेट ल्याइएकाे बताउनुभयाे ।
बजेटमा रहेका इन्डक्सन चुल्हाे वितरण लगायत कार्यक्रम वितरण गर्ने, कमिशन लिने र चुनाव खर्च उठाउनेगरी राखिएकाे दाबी उहाँले गर्नुभयाे । सरकारले ल्याएकाे बजेटकाे स्राेत र र कार्यान्वयनकाे आधार कतै स्पष्ट नभएकाे सांसद् लिङ्देनले बताउनुभयाे । सरकारले जनतालाई ललिपप देखाएकाे पनि उहाँले बताउनुभयाे ।
'कति राम्राे कुरा छ, १ घण्टामा चितवन पुग्ने तर आधार के हुन स्राेत हुन ? हेंटाैडा उद्याेगकाे कपडा लगाउने रे, कति राम्राे कुरा बन्द उद्याेग कहिले चल्ने ? कहिले उत्पादन हुने र कहिले लगाउने ? स्वदेशी उत्पादन नै लगाउने भए कैयाैं उद्याेग छन् आजैदेखि सुरु गराैं न'- उहाँले भन्नुभयाे ।
इन्डक्सन चुलाे कमिशन खानकै लागि सरकारले बजेटमा राखेकाे बताउँदै उहाँले भन्नुभयाे - ' इन्डक्सन चुलाे त गरिवलाई हाेलानि, वाइरिङ गर्नुपर्याे, त्यस्तै खालका भाँडा चाहियाे,त्यसकाे कुनै आधार छैन,कसरी गर्ने स्पष्ट छैन, याे त इन्डक्सन चुल्हाे किन्ने र कमिशन खाइहाल्ने, वितरण गर्ने कमिशन लिने र चुनाव खर्च उठाउने यस्ता कुरा फिर्ता लिन र सक्ने काम मात्र राख्न बजेटमा राख्न म सरकारकाे ध्यानाकर्षण गराउँछु ।'
भ्रष्टाचार र सुशासनका कुरा कहिँपनि नरहेकाे उहाँले बताउनुभयाे बजेट कार्यान्वयन हुनै नसक्ने भन्दै उहाँले याे कार्यान्वयन गर्नुअघि नै अर्काे सरकार आउने लिङ्देनले बताउनुभयाे ।
