काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको बजेट ललिपपको रुपमा आएको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बुधबार बजेट माथिको छलफलमा भाग लिँदै लिङ्देनले एक घण्टामा काठमाडौंबाट चितवन पुग्नेदेखि बन्द भएको हेटौँडा कपडा उद्योगको कपडा अनिवार्य लगाउनु पर्ने जस्ता कार्यक्रम ल्याएर सरकारले ललिपप बाँढेको उहाँले बताउनुभयो । इण्डक्सन चुलो किनेर बाँड्ने योजना सरकारले कमिसनको चक्करमा ल्याएको उहाँले दाबी गर्नुभयो । गरिबलाई चुलो बाँड्ने योजना बनाएको सरकारले उसको घरमा गरिएको वायरिङ, पकाउने भाँडा लगायतको बारेमा सरकारले नसोचेको उहाँले बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतको कुरामा बजेट केही नबोलेको बताउनुभयो । बजेट कार्यान्वयनमा आउन नसक्ने परम्परागत दस्तावेज भएको उहाँले बताउनुभयो ।
बजेट कार्यान्वयनमा आउन नसक्ने परम्परागत दस्तावेज : राजेन्द्र लिङ्देन
काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको बजेट ललिपपको रुपमा आएको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बुधबार बजेट माथिको छलफलमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
