काठमाडाैं । नेकपा एमालेका सांसद् यज्ञबहादुर बाेगटीले सरकारले ल्याएकाे बजेट चुनावमुखी र प्रचारमुखी रहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् सरकारले ल्याएकाे बजेट बाेगटीले सत्ता पक्षमा कार्यकर्ता पाल्ने दिशातर्फ उन्मुख भएकाे बताउनुभयाे । नेपाललाई समृद्ध बनाउने र नेपाललाई विकासकाे दिशामा अगाडि बढाउन नसक्ने उहाँकाे भनाइ छ ।
अहिले भयावह रुपमा बढेकाे महंगी नियन्त्रण गर्ने उपाय बजेटमा उल्लेख नगरिएकाे सांसद् बाेगटीले बताउनुभयाे । सुपथ मूल्य पसल कार्यकर्ता पाेस्ने कार्यक्रम रहेकाे समेत उहाँले बताउनुभयाे ।
गरिबका घरमा बिजुली नपुगेका बेला सरकारले एन्डक्सन चुल्हाे वितरण गर्ने कार्यक्रम ल्याएकाे उहाँले बताउनुभयाे । बजेटमा अछमलाई वेवास्ता गरिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
