काठमाडौं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले जनतामारा सरकारले जनतामारा बजेट ल्याएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएकाे बताउनुभयाे । सरकारले ल्याएकाे जनतामारा बजेट कार्यान्वयन हुनै नसक्ने उहाँकाे भनाइ छ ।
२० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिएकाेमा पनि अधिकारीले प्रश्न उठाउनुभयाे । 'याे कुन अमूक व्यापारीलाई दिन खोजिएको हो ? स्पष्ट छैन,कि देखावटीका लागि हाे ?'-उहाँकाे प्रश्न छ । स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको, शिक्षा र स्वास्थ्यमा बजेट घटाइएकाे उहाँले बताउनुभयाे ।
बजेटले सबै वर्गलाई सम्बाेधन गर्न नसकेकाे पनि सांसद् अधिकारीले बताउनुभयाे ।
