काठमाडाैं । संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकले साे संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेकाे हाे । सांसद् खिमलाल देवकोटा प्रस्तावक रहनुभएकाे साे प्रस्तावलाई सांसद्हरु जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहालले समर्थन गर्नुभएकाे छ ।
राष्ट्रिय सभाको बैठक भाेलि बस्नेगरी स्थगित भएकाे छ ।
