काठमाडाैं । संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएकाे छ ।
शुक्रबार कसेकाे राष्ट्रिय सभा बैठकले सांसद् डा. खिमलाल देवकोटाको संयोजकत्वमा संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेकाे हाे । समितिमा सांसद्हरु प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा. विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य हुनुहुन्छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकबाट सर्वसम्मतरूपमा स्वीकृत भएको संकल्प प्रस्तावमा उल्लेख भएअनुसार संघीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागत लगायत सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्न सो विशेष समिति गठन गरिएको हो ।
काम सुरु भएकाे मितिले ४ महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी साे समितिले पाएकाे छ ।
