काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम कुनै निजी कम्पनीलाई नदिएको दाबी गर्नुभएकाे छ ।
बजेटको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको शुक्रबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमाकाे कार्यक्रम निजी क्षेत्रलाई दिइएको भनेर भ्रममा नपर्न आग्रह गर्नुभयाे ।
स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने विषयमा अध्ययन मात्र हुन लागेकाे तर दिने निर्णय नभएकाे दाबी गर्नुभयाे । 'स्वास्थ्य बिमालाई चलाइएको छैन, जहाँ छ त्यहीबाट सञ्चालन हुने हो,निजी क्षेत्रलाई दिने विषयमा अध्ययन हुन लागेको मात्र हाे, अध्ययन गरेर केही बिग्रँदैन'-मन्त्री शर्माले भन्नुभयाे ।
