काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले 'यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले 'फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, युवा तथा खेलकुद, श्रम, वन, सहरी विकास, भूमि र महिला तथा बालबालिका गरी ६ वटा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची पनि तय छ ।
हेर्नुस् सम्भावित कार्यसूची:
