काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले नागरिकलाई धम्क्याउने, तर्साउने र आतंकित बनाउने काम गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् थापाले सरकारले आफ्नो तर्फबाट भएका कमजोरी समीक्षा गरेर सच्याउनु पर्नेमा दण्ड, सजाय गर्ने भनेर नागरिकलाई तर्साउने काम गरेको बताउनुभयो । यातायात साधनको इम्बोस्ड नम्बर लिने प्रक्रियामा सरकारले आफ्नो कमजोरी सच्याउनुको सट्टा साउने १ गतेबाट कारबाही गर्ने सूचना प्रकाशित गर्नु खेदजनक भएको थापाले बताउनुभयो । ‘यातायात मन्त्रालयले सजिलो तर गलत बाटो समातेको छ, त्यो भनेको दण्ड, जरिवानाको डर देखाएर नागरिकलाई तर्साएको छ’, थापाले भन्नुभयो । इम्बोस्ड नम्बर जडान गर्ने ठेक्का लिएको कम्पनीले राम्रोसँग काम नगर्दा अहिलेको अवस्था आएको बताउँदै थापाले, ‘कमी कमजोरी जसले गर्यो त्यसलाई सजाय गर्ने हो कि, नागरिकलाई दुःख दिने हो ?’ उहाँले भन्नुभयो । इम्बेस्डर नं प्लेट गुणस्तरहीन भएको र अति महंगो भएकोले त्यसलाई खारेज गर्नु पर्ने उहाँले बताउनुभयो । पूर्वाधार तयार गरेर नागरिकलाई सेवा लिन सहज हुने गरी सो काम प्रारम्भ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जबरजस्तीलाई बन्द गरियोस्, होइन भने नागरिकले अवज्ञा गर्छन्’, थापाले भन्नुभयो ।
सरकारले नागरिकलाई आतंकित बनायो : गगन थापा
काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले नागरिकलाई धम्क्याउने, तर्साउने र आतंकित बनाउने काम गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
