काठमाडौं । प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीले अछाम जिल्लाको पञ्चदेवल नगरपालिकामा स्थानीय प्रशासन र प्रहरीले आतंक मच्चाएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् बोगटीले सो स्थानमा प्रहरी प्रशासनले पटक पटक आतंक मच्चाएको बताउनुभयो । पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्वराज मरासिनी र डीएसपी रवि थपलियाको निर्देशनमा सो नगरपालिको वडा नं ४ मा एमालेका कार्यकर्तालाई खोजी खोजी तर्साउने र धम्क्याउने काम गरिएको बोगटीले बताउनुभो । ‘त्यहाँका महिला माथि ज्याजति गरिएको छ, महिला माथि हातपात गरिएको छ, केटाकेटी माथि हातपात गरिएको छ’, उहाँले भन्नुभयो । यस्तो गतिविधिमा संलग्न प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने उहाँले माग गर्नुभयो । सोही दिन गाउँका एक नाबालकको अपहरण पछि हत्या गरी पाँच दिन पछि लास भेटिएको उहाँले जानकारी दिनुभयो । सो घटनाका आरोपी विरुद्ध किटानी जाहेरी दिँदा समेत प्रहरीले लिन नमानेको उहाँले बताउनुभयो । पीडित पक्षको जाहेरी लिई अनुसन्धानको प्रक्रिया अघि बढाउन उहाँले माग गर्नुभयो । ‘हत्यारालाई कारबाही गरियोस्, सीडीओ र डीएसपीलाई निलम्बन गरेर कठघरमा उभ्याइयोस् र तिनीहरूलाई पनि कारबाहीको दायरामा ल्याइयोस्’, बोगटीले भन्नुभो ।
सीडीओ र डीएसपीले नै महिला माथि हातपात गरे : यज्ञबहादुर बोगटी
काठमाडौं । प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीले अछाम जिल्लाको पञ्चदेवल नगरपालिकामा स्थानीय प्रशासन र प्रहरीले आतंक मच्चाएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
