काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कार तथा याैनजन्य मुद्दामा उजुरी दिने हदम्यादबारे गहन छलफल गर्नुपर्ने बताउनुभएकाे छ ।
यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्न साेमबार प्रतिनिधि सभामा पेस गरिएको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद् चाैधरीले कुन-कुन मुद्दामा हदम्याद राख्ने भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयाे । बलात्कार मुद्दामा हदम्यादको प्रावधान हटाउँदा वास्तविक पीडितले न्याय नपाउने चाैधरीकाे भनाइ छ ।
कुनकुन मुद्दामा हदम्याद राख्ने भन्ने स्पष्ट पार्नुपर्ने बताउनुभयाे । महिलाहरुका कुरा सुन्न राष्ट्रिय महिला आयाेग जस्तै पुरुषका पीडाबारे बुझ्ने आयाेग पनि चाैधरीकाे सुझाव छ । हदम्याद नराखे अदालतमा मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितलाई न्याय पाउन मुश्किल हुने उहाँले बताउनुभयाे ।
'जबसम्म मन मिल्यो तबसम्म लभ हुने, आफ्नो स्वार्थ मिलेन भने बलात्कार हुने, यसभन्दा अगाडि यही सम्मानित संसद्का पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौँ, जबसम्म उहाँसँग स्वार्थ मिल्यो तबसम्म कसैलाई पत्तो थिएन, तर जब स्वार्थ मिलेन त्यसलाई बलात्कारको संज्ञा दिएर उहाँलाई ६ महिना जेल कोचियो ।'
