काठमाडाैं । यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतबाट स्वीकृत भएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक सर्वसम्मतिले स्वीकृत गरेकाे हाे । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्णयार्थ प्रस्तुत गरेको यौनहिंसाविरुद्धको विधेयक सर्वसम्मतबाट पारित भएको हो ।
सो क्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शर्माले हदम्यादले न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयाे । यद्यपि प्रचलित कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने समेत उहाँले बताउनुभयाे । यसबारे कानुन आयोगलाई गम्भीर रुपमा अध्ययन गर्न भनिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'हदम्याद कति हदसम्म बढाउने-घटाउने विषयमा प्रतिवेदन दिन भनेका छौं ।'
