काठमाडाैं । 'फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९' प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकले 'फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९' सर्वसम्मतिले स्वीकृत गरेकाे हाे । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।
प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा मन्त्री कोइरालाले पीडितलाई क्षतिपूर्तिदभन्दा माथि उठेर विधेयकका परिपूरणको प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
सामान्य क्षतिपूर्तिले मात्रै पीडितले पीडाको क्षतिपूर्ति पाउन नसक्ने र त्यस्ता घटना पुनरावृत्ति हुन नदिनेतर्फ विशेष ध्यान दिनुपर्नेमा सरकार स्पष्ट रहेको मन्त्री कोइरालाको भनाइ छ । गम्भीर प्रकृतिका अपराध र मानवअधिकारको उल्लंघनलाई पनि गम्भीर रुपमा नै लिने गरी सरकारले काम अगाडि बढाएको उहाँले बताउनुभयाे ।
