काठमाडौं । कर्णाली प्रदेश सरकारलेआर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
आज बस्ने प्रदेश सभा बैठकमा सरकारकाे तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्न लाग्नुभएकाे छ । नीति तथा कार्यक्रममा चुनावकेन्द्रित र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ ।
नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सरकारले असार १ गते बजेट ल्याउनेछ ।
