काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमाथि आजपनि मन्त्रालयगत छलफल हुँदैछ ।
मन्त्रालयगत शीर्षकमा छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि छुट्याइएकाे बजेटबारे छलफल हुने कार्यसूची छ ।
बैठकमा प्रेम सुवालले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
दुर्गा पौडेलले 'विनियोजन विधेयक, २०७९ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
आशा कुमारी वि.क. ले 'विनियोजन विधेयक, २०७९ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बजेटमा सैद्धान्तिक छलफल सकिएपछि साेमबारदेखि प्रतिनिधि सभामा मन्त्रालयगत छलफल सुरु हुनेछ ।
