काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले महिलाहरू यौन हिंसा र बलात्कारका घटनामा नपरुन् भनेर सरकार सजग र सतर्क रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खाँडले यसको लागि आवश्यक परे सरकार कानुन परिमार्जन गर्न समेत तयार रहेको बताउनुभयो । खाँडले कतिपय बलात्कारको घटनामा संलग्न हुने समेत १६/१७ वर्षका हुने गरेकाले यसको लागि सचेतनाका कार्यक्रम पनि त्यतिकै आवश्यक देखिएको बताउनुभयो । यस्ता कुरालाई पाठ्यक्रममा नै राख्नु पर्ने सांसदहरूको माग जायज भएको उहाँले बताउनुभयो । यसै गरी बर्दियाको सोनागाउँमा बाघले एक जनालाई आक्रमण गरेको घटनालाई लिएर सडक अवरुद्ध गरिएपछि सुरक्षाकर्मी र स्थानीय बिच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागि नवीना चौधरीको निधन भएको खाँडले बताउनुभयो । सो घटनामा प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँले प्रष्ट पार्नुभयो । यस्ता घटनामा गृह मन्त्रालयले गोली चलाउने आदेश नै नदिएको उहाँले बताउनुभयो । ‘गोली चलाउने आदेश दिइएकै छैन, तर त्यहाँ गोली चलेको छ’, खाँडले भन्नुभयो । सो घटनाको छानविन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको उहाँले जानकारी दिनुभयो । सो घटनाका दोषीलाई कारबाही गरिने उहाँले बताउनुभयो ।
गृह मन्त्रीको लाचारी : आदेश दिएको छैन, गोली चल्यो
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले महिलाहरू यौन हिंसा र बलात्कारका घटनामा नपरुन् भनेर सरकार सजग र सतर्क रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
