काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गर्न नसकेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, रामप्रसाद भण्डारी तथा ईश्वरी पौडेलको भूमिका पक्षपातपूर्ण रहेको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त सत्ता गठबन्धनको गोटी बनेको उहाँले आरोप लगाउनुभयो । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगको छानबिन समितिको सुझाव विपरीत भएको उहाँले प्रष्ट पार्नुभयो । आयोगले सत्ता गठबन्धनको प्रभावमा परेर पुनः निर्वाचनको निर्णय गरेको उहाँले बताउनुभयो । सत्तापक्षले प्रहरी प्रशासनमार्फत बुथ कब्जा गर्दा पनि आफ्नो अनुकूल निर्णय आउने नदेखेर पुनः मतदान गर्ने निर्णय गरेको उहाँको भनाइ छ । उहाँले सो घटनामा गृहमन्त्री, गृह सचिव तथा प्रहरी प्रमुख लगायत दोषी रहेकोले उहाँहरूले समेत राजीनामा दिनु पर्ने माग गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्तकै भूमिका पक्षपातपूर्ण रह्यो : लालबहादुर थापा
काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गर्न नसकेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् थापाले...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
