काठमाडौं । प्रतिनिधि सभा सदस्य भीम रावलले ६/६ महिनामा मन्त्री फेर्ने कुरालाई कसैलाई पनि उत्तरदायी नबनाउने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विभिन्न मन्त्रालयमा विनियोजन गरेको बजेट माथिको छलफलमा भाग लिँदै रावलले आज मन्त्री पद गयो भन्ने, भोलि होइन होइन भन्ने कुराले सरकारको बजेट तथा कार्यक्रममा को जिम्मेवार हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । रावलले बजेट विनियोजन गर्दा मन्त्रीहरूले आफ्ना र आफ्ना आसेपासेको क्षेत्र र योजनामा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सडकको बजेट हेर्दा बजेट केन्द्र सरकारको नभई कुनै एक प्रदेश विशेषको जस्तो भएको बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जिम्मा विदेशी कम्पनीलाई दिँदा नेपालको सुरक्षामा के प्रभाव पार्छ भन्ने विषयमा समेत सोच्न आग्रह गर्नुभयो । त्यस माथि महँगो मूल्यमा कमजोर प्लेट जडान गर्दा नागरिकलाई आर्थिक भार थपिने भन्दै रावलले आलोचना गर्नुभयो । निजगढ विमानस्थलको काम रोक्ने अदालतको फैसला शक्ति सन्तुलनको सिद्धान्त विपरीत भएको उहाँले बताउनुभयो । राज्यको त्यत्रो लगानी भइसकेको ठाउँमा काम रोक्न आदेश दिनु अघि अदालतले पनि सोच्नु पर्ने उहाँको भनाइ छ । निजगढको निर्माण कार्य अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री नै अनिश्चित भएपछि जवाफ कसले दिन्छ : भीम रावल
काठमाडौं । प्रतिनिधि सभा सदस्य भीम रावलले ६/६ महिनामा मन्त्री फेर्ने कुरालाई कसैलाई पनि उत्तरदायी नबनाउने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
