काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कँडेलले सरकारको बजेट हेर्दा सत्ता पक्षमा बसेको अनुभूति नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयको विनियोजित बजेट माथिको छलफलमा बोल्दै सांसद् कँडेलले बजेट कि मन्त्रीहरूको जिल्लामा कि त नेताहरूको जिल्लामा गएको भन्दै आलोचना गर्नुभयो । बरु प्रतिपक्षमा रहँदा बजेट पर्ने गरेकाे भन्दै उहाँले सरकारकाे आलाेचना गर्नुभयाे । नेता र मन्त्रीका ठाउँमा मात्रै बजेट जाने हो भने अरूको के काम भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले सरकारको बजेट तथा कार्यक्रमको किताब लिएर जिल्ला र निर्वाचन क्षेत्रमा जान सकिने अवस्था नरहेको बताउनुभयो । त्यसैले बजेटको किताप सभामुखलाई नै जिम्मा लगाउने उहाँले बताउनुभयो ।
सत्ता पक्षको सांसद भएको अनुभूति भएन : देवेन्द्रराज कँडेल
काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कँडेलले सरकारको बजेट हेर्दा सत्ता पक्षमा बसेको अनुभूति नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विभिन्न...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
