काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको छ ।
सरकारले ज्येष्ठ नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न 'प्रदेश सरकारसँग -आमा कार्यक्रम' सञ्चालन गर्ने भएको छ । मानव सेवा आश्रम तथा वृद्धाश्रमहरूमा आश्रित दीर्घ रोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
'समृद्ध प्रदेश र सुखी नागरिक'काे आकांक्षा पूरा गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएकाे छ ।
हेर्नुस् पूर्णपाठ:
