काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।
आज कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे बजेटका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।
बैठकमा सांसद् प्रेम सुवालले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सांसद् दुर्गा पौडेलले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् पद्मा अर्यालले 'विनियोजन विधेयक, २०७९ अन्र्तगत कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बिमला वि.क.ले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
