काठमाडौं । नेकपा एमालेका सांसद् यज्ञबहादुर बोगटीले अछामका विनोद शाहीको हत्याकाे विषयमा सरकार गम्भीर नभएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै समय लिएर बाेल्दै सांसद् शाहीले शाहीकाे शाहीकाे घटनामा सरकारका केही पक्षले राजनीतिक रंग मिसाउन खाेजेका बताउनुभयाे ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले न्यायिक रुपमा छानबिन गरिने, हत्यारालाई कारबाही गरिने र जाहेरी दर्ता गर्ने बताउनुभएपनि अहिलेसम्म जाहेरी नै दर्ता नभएकाे सांसद् बाेगटीले बताउनुभयाे । भन्नु भएको
हत्या भएकाे ९ दिन बितिसक्दा पनि घटनाकाे जाहेरी दर्ता नभएकाे र घटनास्थलबाट शव उठ्न नसकेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । सा'सरकारले किन जाहेरी दर्ता गरिरहेकाे छैन भने, सरकारका केही पक्षहरु राजनीतिको रंग देखिरहेका छन् त्याे मुद्दामा, त्यसमा राजनीतिक रंग देखिनु आवश्यक छैन, विद्यार्थी मारिँदा जोसुकै नेपाली नागरिक पनि राजनीतिक आवरण र व्यक्तिको नामबाट राजनीतिक गर्नु उपयुक्त हुँदैन ।'
आफ्नाे नागरिककाे हत्या हुँदा सरकारलाई पनि पीडावाेध हुनुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'म त्यहाँको जनताको प्रतिनिधि तथा २ नम्बर क्षेत्रको सांसदको हैसियतले त्यहाँको जनताको प्रतिनिधका हैसियतले आज मलाई जति पीडा छ, त्यतिकै यो सरकारका गृहमन्त्री र सरकारलाई पनि पीडा हुनुपर्छ आफ्नो नागरिककाे हत्या भएकाेमा याे,मेराे र त्यहाँका जनताकाे प्रश्न छ ।'
स्थानीय प्रशासनले साे मुद्दामा ध्यान नदिएकाे भन्दै उहाँले जाहेरी दर्ता गर्न र दाेषीलाई कारबाही गर्न गृहमन्त्रीलाई त्यहाँ निर्देशन दिन पना माग गर्नुभयाे । सांसद् बाेगटीले भन्नुभयाे - 'प्रशासनले टेरेको छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छैन, मुद्दा दर्ता गरेकाे छैन, लासकाे पाेष्टमार्टम गरेकाे छैन, ९ दिनसम्म लास कुहाएर बसेको छ, सदनबाट ध्यानाकर्षण भएर सभामुखबाट सरकारलाई निर्देशन जाहाेस्, जाहेरी दर्ता गरियाेस्,गृह मन्त्रालयबाट तत्काल निर्देशन जाहाेस्, दोषी माथि कारबाही गर्न सभामुखको तर्फबाट निर्देशन होस् ।'
सभामुख सापकाेटा घटनामा गम्भीर ध्यानाकर्षण भएकाे भन्दै उहाँले दाेषीमाथि कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
