काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले नागरिकता विधेयक तत्काल अगाडि बढाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् माेदीले नगारिकता विधेयक तुरुन्त पारित गर्न माग गर्नुभयाे । नागरिकताको नपाएका कारण तराईमा भयावह अवस्था देखिएकाे उहाँले बताउनुभयाे ।
'आज तराईका बालबच्चाहरू पढ्न पाएको छैन, जागिर खान पाएको छैन, त्यसकारण यसमा सरकारको तुरुन्त ध्यान जाओस् र नागरिकता विधेयक तुरुन्त ल्याहाेस्'-उहाँले भन्नुभयाे ।
उहाँले बर्दियामा प्रहरीकाे गाेली लागेर १८ वर्षीया नविना चाैधरीकाे ज्यान गएकाे घटनामा छानबिन गर्न समिति बनाउन माग गर्नुभयाे ।
