काठमाडाैं । सांसद् डा.अमरेशकुमार सिंहले उपसभामुख पद र प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरे हुने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सिंहले उपसभामुख पदकाे कुनै आवश्यकता नदेखेकाे भए खारेज गर्नुपर्ने बताउनुभयाे । उपसभामुख पदका कारण साधारण गर्छ बढ्ने भए खारेज गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'वास्तवमा हामी कस्तो संसदीय व्यवस्था अगाडि बढाउन गइरहेका छौँ, यहाँ उपसभामुख पद चाहिएन भने उपसभामुख पद नै खारेज गरौं,चाहिएको भए उपसभामुख अहिलेसम्म किन नियुक्ति भएन? उपसभामुखको कारणले खर्च बढ्छ भने पद नै खारेज गरौँ ।'
राज्यव्यवस्था तथा सुशासन समिति एक वर्षदेखि क्रियाशील हुन नसकेकाे भन्दै उहाँले त्याे पनि खारेज गर्न माग गर्नुभयाे ।
