काठमाडाैं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबरा विरुद्ध सदनमा दर्ता गराइएकाे महाअभियाेग प्रस्ता तत्काल अगाडि बढाउन माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् अधिकारीले भन्नुभयाे - 'महाअभियाेग प्रुस्ताव असरल्लै पार्न ल्याएकाे हाे कि फैसला गर्न ल्याएकाे हाे ? त्याे तुरुन्त अगाडि बढाइयाेस् ।'
त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दीकाे सिकार बनाइएकाेमा उहाँले कडा आपत्ति जनाउनुभयाे । सांसद् अधिकारीले भन्नुभयाे -'गृहमन्त्रीकाे ठाडाे आदेश-निर्देशनमा गुर्दगर्दी गर्ने अनि सेन्टर अफ एक्सीलेन्स बनाउँछाै भनेर नाटक गर्ने काम तुरुन्तै बन्द गरियाेस् ।'
