काठमाडाैं । राष्ट्रिय सभामा चार प्रतिवेदन पेस गरिएको छ ।
सभाको आजको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्नुभएको हो ।
राष्ट्रिय सभाको अर्को वैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।
–रासस
