काठमाडाैं । नेकपा एमालेका सांसद् कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पार्टीले सहयाेग गर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै सांसद् राईले जनजिविकाका सवालमा मेयर शाहलाई पूर्ण सहयाेग गर्ने बताउनुभयाे । तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई उपमेयर हरिप्रभा खड्गीले असहयाेग गरेकाे भन्दै उहाँले एमालेले त्यसाे नगर्ने बताउनुभयाे ।
यद्यपि मेयर शाह संयमता अपनाएर अगाडि बढ्नुपर्ने सांसद् राईले सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे - 'भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु- हिजो विद्या सुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन, तपाईलाई हामी पूर्ण रुपले सहयोग गर्न चाहन्छौं, तर बालेन शाहले संयमता अपनाएर अगाडि बढ्न जरुरी छ ।'
काठमाडाैंकाे फाेहाेर व्यवस्थापनमा गम्भीर बन्न उहाँले गठबन्धन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
